प्रकाशित : ७ श्रावण २०७६, मंगलवार १८:४५

विराटनगर, ७ साउन । विपद् जोखिम न्युनीकरणका लागि स्थानीय तहलाई योजनाबद्ध रुपमा काम गर्न आग्रह गरिएको छ । हरेक वर्ष बर्षाको समयमा बाढी र डुवानबाट पीडित हुँदै आएका मोरंगको बुढीगंगा ६ का बासीन्दाले विपद्को जोखिम न्युनीकरणमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गर्न आवस्यक रहेको बताएका हुन ।

जनप्रतिनिधि निर्वाचित भएर आएपनि बाढी र डुवानको समस्या जस्ताको त्यस्तै रहेको उनीहरुले बताएका छन् । वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले आज बुढीगंगा वडा नं. ६ मा विपद् जोखिम न्युनीकरणका लागि आयोजना गरेको साझा सवाल कार्यक्रमका सहभागिले विपद् परेकाहरुलाई तत्काल राहतको व्यवस्थाका लागि वडा कार्यालयमा राहत कोषको स्थापना गर्न माग गरेका छन् ।

स्थानीय नरेश विश्वासले विपद् जोखिम न्युनीकरण वडा कार्यालयको प्राथमिकता भित्र पर्न नसकेको वताउनुभयो । हिमाल कट्टेलले विपद् जोखिम न्युनीकरणका लागि वडा कार्यालयलाई पुर्व तयारी अपनाउन सुझाव दिनुभयो । वडा नं. ६ की कमला चौधरीले वडा कार्यालयमा विपद् कोष निर्माण गर्नुपर्ने बताउनुभयो ।

राजो उरावले वडा स्तरमा विपद् व्यस्थापन समिति निर्माण गरेपनि सवैलाई थाहा हुन नसकेको बताउनुभयो । विपद् व्यवस्थापन समिति सदस्य गीनादेवी चौधरीले विपद् व्यवस्थापन समितिमा राखिएपनि कुनै जानकारी नदिने गरेको गुनासो गर्नुभयो । साझा सवालमा उठेका प्रश्नको कार्यपालिका सदस्य बेचनीकुमारी सरदार, वडासदस्यहरु प्रधुमन चौधरी र हरकचन्द्र चौधरीले जवाफ दिनु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३