प्रकाशित : ६ श्रावण २०७६, सोमबार १७:४५

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले मोरङ व्यापार संघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । वीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा पारेर पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा कांग्रेसले दुवै संस्थाका कार्यसमितिलाई सम्मान गरेको हो ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, महासचिव अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापालगायत पदाधिकारी र सदस्यहरूलाई कांग्रेस केन्द्रीयहरू सदस्य एवं सांसद डा. डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभयोे ।

नेपालको राजनैतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताउनुभयो । उद्योगी व्यवसायीले उठाउँदै आएको मुद्दामा कांग्रेसको सधैं साथ रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले र विराट व्यापार संघका अध्यक्ष थापाले सरकारले लगाएको अचाक्ली करका कारण उद्योगी व्यवसायीहरू हतोत्साहित भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. संग्रौलाले मुलुकमा निजी क्षेत्रको लगानी बिना वीपी कोइरालाको सपना अधुरो हुने बताउनुभयो । उनले वीपी कोइरालाले समृद्धि नेपालको सपना अझै पूरा हुन नसकेको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसले मात्रै लगानीको वातावरण बनाउने दाबी गर्नुभयो ।

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरे, प्रदेश सांसद शिवनारायण गन्गाई, महासमिति सदस्य आशाकुमारी सरदारलगायतले उद्योगी व्यवसायीको समस्यामा कांग्रेसको सधैं साथ रहने आश्वासन दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३