प्रकाशित : ६ श्रावण २०७६, सोमबार १७:००

विराटनगर, ६ साउन । खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको आज बिहान घटनास्थलमै मृत्यु भएको छ । घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । चट्याङले खेत जोत्दै गरेका एक हरु गोरु पनि मरेका छन् । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । युवतीको चट्याङले कान र टाउकोमा चोट लागेको छ ।

चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका–२ प्रगति टोलका प्रकाश दाहालको घरमा रहेको टिभी र मल्टी प्लग बोर्डमा चट्याङले क्षति पुर्याउँदा २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३