Breaking News

१ सय ५६ वाढी पीडितलाई सहायता सामाग्री वितरण

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १९:१७

विराटनगर, १ साउन । वल्र्ड भिजन इन्टरनेशनल नेपालेले आज बाढी पीडितलाई सहायता सामाग्री वितरण गरेको छ । मोरङ कार्यक्षेत्रका ४ वटा स्थानीय तहका ७ वटा वडाका १ सय ५६ परिवारलाई सहायता सामाग्री वितरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा कार्यक्षेत्रका कटहरी गाउँपालिकाको वडा नं. ५ र ६, बुढीगंगा गाउँपालिकाको ६ र ७, ग्रामथान गाउँपालिकाको १ र २ र सुन्दरहरैचा नगरपालिकाको १ नं. वडाका बाढी पीडितहरुलाई सहायता सामाग्र वितरण गरिएको वल्र्ड भिजन इन्टरनेशनलका प्रतिनिधि प्रमिल अधिकारीले बताउनुभयो ।

स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वयमा सहायता सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । बाढी पीडितलाई २ वटा झुल, १ थान सोलार लाईट, २ थान म्याट, २ थान त्रिपाल, २ थान व्लाङकेट, २ थान नाइलन डोरी गरि ८ हजार बढीको सहायता सामाग्री वितरण गरिएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार जहदा गाउँपालिकामा पनि ५० सेट सहायता सामाग्री वितरण गरिएको छ ।

नारी विकास संघ विराटनगरले वल्र्ड भिजनसँगको सहकार्यमा मोरंगको ५ वटा स्थानीय तहमा विपद् जोखिम न्युनीकरणका लागि विभिन्न कार्य समेत गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३