Breaking News

विराटनगर महानगरपालिकाको राजस्व लक्ष्य भन्दा कम

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १९:१२

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि निर्धारण गरेको राजस्व कर लक्ष्य भन्दा कम संकलन भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार निर्धारित गएको आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैया राजस्व संकलन गरेको छ ।

सो रकम महानगरपालिकाले तय गरेको लक्ष्य भन्दा १४ करोड रुपैयाँ कम हो । अधिकारीका अनुसार, महानगरपालिकाले सम्पत्ति करतर्फ सर्वाधिक ११ करोड ४८ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरि महानगरपालिकाले घरबहाल करतर्फ ४ करोड ३८ लाख, नक्सापास करतर्फ ४ करोड २९ लाख रुपैयाँ, व्यवसाय करतर्फ ३ करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनु भयो । त्यसैगरि अन्य राजस्वतर्फ ६ करोड ६२ लाख रुपैयाँ, अन्य दस्तुरबाट ३ करोड ७८ लाख रुपैयाँ र सिफारिस दस्तुरबाट १ करोड ७६ लाख रुपैयाँ संकलन भएको महानगरपालिकाले जनाएको छ ।

५४ करोड रुपैयाँको लक्ष्य राखिए पनि महानगरपालिकामा १२ करोड रुपैयाँ कम लक्ष्य संकलन भएको उहाँले बताउनु भयो । उहाँका अनुसार महानगरका विभिन्न १९ वटा वडा कार्यालयलाई बजेट विकेन्द्रीकृत गर्दा कम राजस्व असुली भएको हो । महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ७२ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३