Breaking News

धनपालथानमा आठ जना घाइते

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १९:०१

विराटनगर, १ साउन । मोरङको धनपालथान गाउँपालिका–४ मा यात्रबहाक बस खेतमा पल्टिएर भएको दुर्घटनामा आज ८ जना घाइते भएका छन् ।

घाइते मध्ये अवस्था गम्भीर रहेका ४ वर्षीय बालकको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३०१५ नम्बरको बस दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर शिवकुमार पोखरेलले बताउनु भयो ।

दुर्घटनामा मोरङको सुनवर्षी नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद सवरिया, ३० वर्षीय चन्दी खातुन, छोरा ४ वर्षीय मोहम्मद इब्राहिम, रतुवामाई नगरपालिका–७ की ६० वर्षीय अनुदेवी सुतिहार, ७० वर्षीय अवलाल सुतिहार, कानेपोखरी गाउँपालिका–१ का ६३ वर्षीय अशोक थापा, पाँचथर घर भएका २३ वर्षीय टिंकु रिजाल र १५ वर्षीय आदित्य रेग्मी घाइते भएका छन् ।

घाइतेहरुको गोल्डेन र कोसी अस्पतालमा उपचार भइरहेको छ । रंगेली जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिने क्रममा खेतमा पल्टिएर दुर्घटनामा परेको ट्राफिक प्रहरीको भनाइ छ ।

दुर्घटनापछि फरार रहेका चालक रंगेली–२ का ३५ वर्षीय केशव खरेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३