Breaking News

बजारमा अभावसँगै आकासियो तरकारीको मूल्य

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १८:४२

विराटनगर, १ साउन । भारी वर्षासँगैको बाढी र डुवानका कारण बजारमा अभाव भएपछि तरकारीको मूल्य आकासिएको छ । बाढी र डुवानले कृषकले लगाएको तरकारी नष्ट भएपछि बजारमा अभाव हुन थालेको व्यापारीहरुले बताएका छन् । अचाक्ली मूल्य बढेसँगै उपभोक्ता भने मारमा परेका छन् ।

विराटनगरको गुद्री बजारस्थित तरकारीका थोक विक्रेता पशुपति भगतले तराई क्षेत्र डुवानमा पर्दा तरकारीको अभाव भएर मूल्य बढेको बताउनु भयो । उहाँले कृषकको बारीमै तरकारी नष्ट भएपछि बजारमा पनि कम आउन थालेको बताउनु भयो । आलु र प्याजको बाहेक अन्य तरकारीको मूल्य बढेको भगतको भनाइ छ ।

पहिले प्रति किलो ३० रुपैयाँसम्ममा पाइने टमाटर अहिले ९० रुपैयाँ पुगिसकेको छ । प्रति किलो १० रुपैयाँमा पाइने भिन्डी ४०, २० को पर्वल ६०, ४० को खुर्सानी एक सय ६०, २० को बैगुन ५०, १० को स्कुस ३०, २० को करेला ६० र प्रति किलो ३५ रुपैयाँको झिग्नीको मूल्य ७० रुपैयाँ पुगेको भगतको भनाइ छ ।

विराटनगरकी गृहिणी विन्दु पुरीले बाढी र डुवानसँगै तरकारीको मूल्यमा पनि बाढी आउँदा समस्या भइरहेको बताउनु भयो । तरकारीको मूल्य बढिरहेका कारण सामान्य दिनचर्या गर्नेहरु मार्कामा परेको उहाँको भनाइ छ । उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले राज्यको संयन्त्र कमजोर हुँदा र विचौलियाले तरकारीको मूल्य तोकेर मनपरी ढंगले बढाइरहँदा उपभोक्ता मार्कामा परेको बताउनु भयो ।

जनतालाई सहज र सर्वसुलभ रुपमा तरकारी उपलब्ध गराउनका लागि तीनै तहका सरकार सक्रिय हुनु पर्ने उहाँको भनाइ छ । तरकारीका थोक विक्रेता रन्जीत गुप्ताले तरकारी आपूर्ति बढी हुने स्थान धेरै डुवानमा परेर कृषकले क्षति बेहोर्नु पर्दा यस्तो समस्या आएको बताउनु भयो । पहाडी भागबाट आउने सवारी साधन समेत ठाँउठाँउमा रोकिँदा मूल्य आकासिएको उहाँले बताउनु भयो ।

विशेष गरेर तरकारी अभाव हुने हुँदा प्रत्येक वर्ष साउन र भदौमा मूल्य बढ्ने गरेको गुप्ताको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३