Breaking News

महेन्द्र चोकको मोबाइल पसलमा चोरी

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १६:४७

विराटनगर, १ साउन । विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको एउटा मोबाइल पसलमा गएराति चोरी भएको छ । सनराइज ईन्टरप्राईजेज प्रालिमा चोरी भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

ईन्टरप्राइजेजका सञ्चालक मधुकुमार राईले पसलबाट १२ लाख रूपयाँ बराबरको मोबाइल तथा ल्यापटप चोरी भएको जानकारी दिनु भयो । उहाँका अनुसार, ल्यापटप २ थान, ट्याब २ थान, मोबाइल ४१ थान, पावर ब्यांक १० थान, ब्लुटुथ डिभाइस ५ थान, मोबाइल कभर २ सय थान र नगद ४० हजार रूपैयाँ चोरी भएको हो ।

प्रहरिका अनुसार पसलको सटर फोडर चोरी भएको छ । महेन्द्र चोकमा २४ घण्टा नै प्रहरीको ड्युटी हुन्छ । चोरीका क्रममा फोडिएको सटरमाथिको सीसी टिभी क्यामेराको तार समेत काटिएको छ ।

सञ्चालक राईले गएराति ९ बजे पसल बन्द गरेर घर फर्किएको बताउनु भयो । घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३