Breaking News

करेन्ट लागेर दुई जनाको मृत्यु

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १६:४५

विराटनगर, १ साउन । मोरङ र सुनसरीमा करेन्ट लागेर हिजोसाँझ दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा रहेको जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको विग्रिएको होडिङ् बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका थिए । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार घाइतेको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा साँझ ७ बजे मृत्यु भएको हो ।

त्यसै गरी सुनसरीको इनरुवा नगरपालिका–८ का १८ वर्षीय अजय मेहताको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।

घाइते मेहताको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा साँझ ८ बजे मृत्यु भएको जानकारी एसएसपी दाहालले दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३