Breaking News

विराटनगर, ३० असार । पूर्व नेपाल यातायात व्यवसायी संघले सिण्डिकेड खारेज भएको भन्दै व्यवस्थापन पक्षका मजदुरलाई सेवा सुविधा नदिइकन २०७५ साल साउन १ गते अवकाश पत्र थमाएको थियो ।

व्यवस्थापनले तोकेको न्यूनतम बेतन र महँगी भत्ता वापतको रकम अवकाश पाइसक्दा पनि आफूहरुलाई नदिएको भन्दै संघका तत्कालिन कार्यालय प्रमुख दिलिपकुमार पोखरेलसहितका सबै मजदुरले श्रम कार्यालयमा निवेदन दिनु भएको थियो ।

निवेदनलाई मुद्दाका रुपमा कायम गरेर पेसी सूचीमा चढाउँदै कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको इजलासले तत्काल मजदुरलाई सेवा सुविधा वापतको रकम नेपाल सरकारले उपलब्ध गराउनु पर्ने फैसला गरेको हो ।

मजदुरले पाउनु पर्ने सुविधा अवकाश हुँदा पनि नपाएको ठहर श्रमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विरुद्धमा श्रमले फैसला गरेको हो । संस्था खारेजी भएपछि सबै अचल सम्पत्ति सरकारको नाममा हुने भएकाले उक्त सम्पत्ति बेच्न नपाएकाले भुक्तानी गर्न नसकिएका कारण पाउनु पर्ने सुविधा वापतको रकम नेपाल सरकारसँग लिनु भन्ने बेहोरा उल्लेख गरेर संघले मजदुरलाई अवकाश पत्र थमाएको थियो ।

मजदुरको पक्षमा र सरकारका विरुद्धमा श्रम कार्यालयले ७ पृष्ठ लामो फैसला गरेको छ । मजदुरले सेवा निवृत्त उपदान वापत एक करोड ८५ लाख ५० हजार पाँच सय ३८ रुपैयाँ पाउनु पर्ने ठहर श्रमको छ । सरकारले सिण्डिकेड खारेजीको घोषणासँगै २०७५ साउन १ बाट संघ विघटन भएर दोस्रो संस्थाका रुपमा कम्पनी दर्ता भएको थियो ।

तेस्रो संस्थाका रुपमा अहिले सुनौलो पूर्व नेपाल यातायात व्यवसायी संघ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३