Breaking News

बाढी पहिरो पीडितलाई स्थानीय सरकारमार्फत राहत वितरण गरिने

प्रकाशित मिति : २८ असार २०७६, शनिबार १८:५०

काठमाण्डौं, २८ असार । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रभावित भएकाहरुका लागि केन्द्रीय सरकारले स्थानीय सरकारमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय विपद व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । अविरत वर्षाका कारण मुलुकका विभिन्न जिल्ला डुबानमा परेका छन् ।

कार्यसमितिको बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने निर्णय गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिनुभयो । बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिनुभयो । वर्षा नरोकिए अझै क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि आग्रह सरकारले सबैलाई आग्रह गरेको छ ।

भारतले सीमा क्षेत्रमा निर्माण गरेको बाँधका कारण प्रत्येक वर्ष नेपालमा अधिकांश जिल्ला डुबानमा पर्ने गरेका छन् । भारतकै कारण वर्षेनी आउने बाढीका कारण तराईका जिल्लाहरु डुबानमा पर्ने गरेपनि समस्या समाधानको दीर्घकालिन उपाय भने अपनाइएको पाइदैन । प्रदेश तथा स्थानीय तहबाट सर्भे समेत नगरी जथाभावी सडक विस्तार गर्ने कारणले पनि ती लगायत अन्य विभिन्न स्थानमा सडक पहिरो जाने गरेको उहाँले बताउनुभयो ।

कुनैपनि संरचना निर्माण गर्दा त्यसको भौगोलिक अवस्थालाई ध्यानमा राखेर दिगो किसिमको संरचना निर्माणमा सम्बन्धित निकायले सोच्नुपर्ने उहाँको भनाई छ । बाढीले पूर्व–पश्चिम राजमार्गको महोत्तरीको पुल बगाउँदा यातायात पुर्ण रुपमा प्रभावित भएको छ । त्यसैगरी ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेहृथुम, म्याग्दी, बेनी, जोमसोङ्ग, मनाङ्ग लगायतका ठाउँमा बाटो अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३