Breaking News

प्रभावितलाई सहयोग जुटाउन प्रदेश प्रमुख तुम्बाहाङको आग्रह

प्रकाशित मिति : २८ असार २०७६, शनिबार १८:४२

विराटनगर, २८ असार । प्रदेश १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले लगातारको वर्षासँगै पीडित बनेकालाई सहयोग जुटाउन आग्रह गर्नु भएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले बर्षा र पहिरोले ज्यान गुमाएका , वेपत्ता भएका र घरवारविहीन परिवार प्रति शोक व्यक्त गर्नु भएको छ । उहाँले अविरल वर्षा र त्यसले पुर्याएको जनधनको क्षत्ति प्रति दुःख व्यक्त गर्नु भयो । तुम्बाहाङले मानवीय संवेदनशिलता देखाउँदै पीडितलाई सहयोग गर्न सबै पक्षसँग अपिल गर्नु भयो ।

प्रदेश १ बाढी र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले विज्ञप्तिमा पीडितलाई तत्काल राहत र सहयोग जुटाउन आग्रह गर्नु भएको हो ।

पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुवानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सर्तकता अपनाउन पनि उहाँले सुझाव दिनु भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३