Breaking News

विवादित बन्यो मुख्यमन्त्री कप

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १८:४९

विराटनगर २६ असार । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता विवादित बनेको छ । धरानमा भएको लिग खेल अन्तर्गत सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश तथा तेह्रथुम प्रतियोगिताबाट बाहिरिएसँगै प्रतियोगिता विवादमा परेको हो ।

लिग चरणको खेलमा ८ अंक जोडेको तेह्रथुम, धनकुटा र सुनसरी मध्ये तेह्रथुम प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा सुनसरीले भोजपुरलाई ९–१ र धनकुटाले संखुवासभालाई ७–२ गोल अन्तरले पराजित गर्यो । अप्रत्यासित नजितासहित धनकुटा र सुनसरी दोस्रो चरणमा पुगेपछि त्यस अघि ८ अंकसहित दोस्रो चरण प्रवेशका लागि सुरक्षित रहेको तेह्रथुम बाहिरियो ।

यस विषयमा आयोजक समक्ष कुनैप्रकारको उजुरी नआएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए । उनले प्रतियोगिता नियामावली अन्तर्गत रहेर निर्णय गर्दा तेह्रथुम बाहिरिएको दाबी गरे । उनले भने, ‘हालसम्म अघिल्लो चरणमा पुग्ने र बाहिरिने दुवै टिमले कुनै दाबी विरोध नगरेका कारण सुनसरी र धनकुटालाई दोस्रो चरणमा पुगे ।’
लिग नियमावलीको अंक र स्थान निर्धारण अन्तर्गत ५ को ‘ङ’ मा यदि दुईवटा टोलीबीच अंक बराबर भएमा बराबर भएको टोलीबीच बढी गोल गर्ने टोली अर्को चरणमा प्रवेश गर्ने उल्लेख छ ।

यसअन्र्तगत तेह्रथुम, सुनसरी र धनकुटाको समान ८ अंक छ । तीन टोली मध्ये तेह्रथुमले ४ गोल गर्दै चार गोल आत्मसात गरेको छ । सुनसरी र धनकुटाले विपक्षी पोस्टमा ३ गोल गर्दै ३ गोल आफ्नो पोस्टमा खाएका छन् ।

बराबर अंकपछि बढी गोलका आधारमा तेह्रथुम दोस्रो चरणमा पुग्नु पर्ने भए पनि त्यो नभइकन खेलका नाममा खेला गरेर तेह्रथुमलाई बाहिर पठाउने काम आयोजकबाट भएको एन्फाका एक पदाधिकारीले बताए । उनका अनुसार प्रदेश लिग कमिटी अलग्गै भए पनि जारी प्रतियोगिता एन्फाकै नियमावली अनुसार जारी छ ।

तेह्रथुम जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु आइतबार सम्पन्न दुवै खेलको विषयमा उजुरी दिन एन्फामा पुगेका छन् । एन्फाका उच्च पदाधिकारीसमक्ष धनकुटा र संखुवासभा तथा सुनसरी र भोजपुरबीच सम्पन्न खेलको विषयमा मिलोमतो भएको उजुरी दिने तयारी गरिएको समितिका तेह्रथुम अध्यक्ष केशव भट्राईले बताए ।

‘नियोजित ढंगले लिग चरणबाटै तेह्रथुमलाई बाहिर पठाइएको पाइयो,’ उनले भने, ‘कुनै प्रतियोगिता नहारेको , अंक समाचार र गोल पनि बढी भएको अवस्थामा कसरी बहिर पठाइयो भन्ने कुराको पनि छानबिन गर्न माग गर्ने छौं ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३