प्रकाशित : २६ असार २०७६, बिहीबार १८:४६


विराटनगर, २६ असार । मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको आज प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
आज दिउँसो उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षिया सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।
खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीवासीले उद्धार गरेका हुन् । घाइते महिलाको उर्लाबारी– ५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु