प्रकाशित : २४ असार २०७६, मंगलवार १९:०१

विराटनगर, २४ असार । तराईमा गर्मीको मौसम सुरु भएसँगै सर्पदंशका बिरामीको सख्या समेत ह्वात्तै बढेको छ । झापा, मोरङ, सुनसरीका सर्पदङस केन्द्र र जिल्ला अस्पतामा सर्पले टोकेर उपचारका लागि आउने विरामीको तथ्याङले यो कुरालाई पुष्टि गरेको छ ।

विराटनगर स्थित कोशी अञ्चल अस्पतालका अनुसार गत साउन देखि असार १५ गते सम्ममा उक्त अस्पतालमा कुल चार सय एक जना विरामी सर्पले टोकेर उपचारका लागि आएका छन् । जसमध्ये ८७ जनालाई विषालु सर्पले टोकेको पाइएको छ । अघिल्लो आर्थिक बर्षमा उक्त अस्पतालमा कुल तीन सय ६३ जना विरामी सर्पले टोकेर उपचारका लागि आएको सोही अस्पतालको तथ्याङ्क शाखाकी प्रमुख सुधा ठाकुरले बताउनु भयो ।

मोरङकै रंगेली अस्पतामा पनि सर्पको टोकाईबाट उपचारका लागि आउने विरामीको सख्या उस्तै रहेको छ । उक्त अस्पतालमा चालु आर्थिक बर्षको साउन देखि असारको दोस्रो सातासम्ममा एक सय ६७ जना विरामी सर्पले टोकेर उपचारका लागि आएका थिए । जसमध्ये विषालु सर्पले टोकेर आएका दुई जनामात्र रहेको उक्त अस्पतले जनाएको छ । जब कि गत आर्थिक बर्षमा सोही अस्पतालमा दुइ सय २४ जना व्यक्ति सर्पले टोकेर उपचारका लागि आएका थिए ।

विषालु सर्पले टोकेर आउने विरामी मध्ये अधिकाँस गोमन र करेत सर्पले टोकेर आउने गरेको पाइएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । प्रयाजसो घर भित्र टोकिएका मध्ये अधिकाँस व्यक्ति करेत सर्पले टोकेको पाइने गरिएको छ ।
असार देखि भदौ सम्म सर्पले टोकेको विरामी बढी आउने गरेको र प्रयाजसोलाई विहानको समयमा टोकिएको पाइएको चिकित्सकहरु बताउँछन् । यी तिन महिनको अवधिमा दैनिक १० जना व्यक्ति सर्पले टोकेर अस्पताल आउने र्गछन् ।

झापामा पनि बिषालु सर्पले टोकेका बिरामीको सख्या बढेको पाईएको छ । सर्पदंश उपचार सेवा सञ्चालन गरिरहेको झापाको दमक स्थित रेडक्रस सोसाईटी दमक उपशाखाका अनुसार चालु आबमा साउनदेखि असार १६ गते सम्ममा आठ सय ४८ जना बिरामीले सेवा लिइसहेका छन् । तराईमा गर्मी र पानीको डुवान हुनासाथ दैनिक १० देखि १५ जनासम्म बिरामी केन्द्रमा आउने गरेको रेडक्रस उपशाखाका सर्पदंश शाखा दमकका प्रमुख देबी भण्डारीले जानकारी दिनुभयो ।

बिरामी मध्ये अधिकांशलाई खेतको काम गर्दा, साँझ हिँडडुल गर्दा, राती ओछ्यानमा सुतेकै स्थानमा टोकेका घट्ना धेरै हुने गरेको सर्पदंश सेवाको प्रमुख भण्डारीको अनुभव छ । हरेक बर्ष गर्मी र बर्षाको समय सुरुसँगै तराईमा बिषालु सर्पदंशका बिरामीको सख्या समेत बढ्ने गरेको तथ्याङकमा देखिएको छ ।

सुनसरी स्थित इनरुवा अस्पतालमा चालु आर्थिक बर्षको साउन देखि असार दोस्रो साता सम्ममा एक सय २५ जन व्यक्ति सर्पले टोकेर उपचाका लागि आएका छन् । जसमध्ये १४ जना व्यक्तिलाई विषालु सर्पले टोकेको पाइएको छ । उनिहरु सबैको सफल उपचार गरी घरफकाइएको इनरुवा अस्पतालले जनाएको छ ।
गत आर्थिक बर्षमा भने उक्त अस्पतालमा कुल पाँच सय ७१ जना व्यक्ति सर्पले टोकेर उपचारका लागि आएका थिए । जसमा २२ जनालाई विषालु सर्पले टोकेको थियो ।

गत वर्ष सर्पको टोकाईबाट इनरुवामा दुई जनाको मृत्यु भएको थियो । उनिहरुको बाटोमै मृत्यु भएको र अस्पताल आएका मध्ये कसैको ज्यान नगएको इनरुवा अस्पतालका इमर्जेन्सी शाखाका प्रमुख गुणनन्द झाले बताउउनुभयो ।

इनरुवा अस्पतालका डाक्टर विना शाक्यले सर्पले टोक्ने विरामीहरु प्रायः जनचेतनाका कमीले अस्पतालमा अत्यन्तै ढिलो ल्याउने गरेकाले कतिपयलाई बचाउनै गाह्रो हुने तर समयमै अस्पताल आएका विरामीहरुलाई उपचार गर्न सजिलो हुने बताउनुभयो । विषालु सर्पले टोकेर उपचारका लागि अस्पताल आईपुग्ने विरामी मध्ये अधिकाँसको चिन्ताजनक रहने गरेको चिकित्सकहरुको अनुभव छ ।

चालु आर्थिक बर्षमा विषालु सर्पले टोकेर विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचारका लागि आएका कुल ८७ जना मध्ये ५२ जनाको अवस्था निकै चिन्ताजनक रहेको थियो । उनिहरुलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले अन्य अस्पतालमा रेफर गरिएको कोसी अञ्चल अस्पताल इमर्जेन्सी वाडका सिनियर अहेव रघुनन्दन अधिकार बताउँछन् ।

सर्पले टोकेको विरामीलाई उपचार सुरु गर्न ढिला भएमा विषले स्नायूप्रणालीमा असर गरी शरीरको श्वासप्रश्वास प्रक्रियामा अबरुद्ध भई माँशपेशीलाई नै असर गर्ने विराट मेडिकल कलेजका असिस्टेन प्रोफेसर डा सूर्य पराजुली बताउनु हुन्छ । यस्तो अवस्थामा एन्टिस्नेक भेनमले काम नगर्ने भएकाले विरामीलाई आईसीयूमा राखेर मुखमा पाएप राखी कृतिम श्वासप्रश्वास गराउनु पर्छ ।

डा पराजुलीका अनुसार सर्पको विष मानिसको शरीरमा चढदै गएपछि, शरिर दुख्ने, शिथिल हुने, कमजोर हुने, पेट दुख्ने, स्वर बद्लिने, वाकवाकी आउने, न्यून रक्तचाप तथा बेहोस हुने, आँखा झर्ने, थुक निल्न गार्हो हुने र श्वासप्रश्वास प्रक्रिया रोकिने गर्दछ । विषालु सर्प मध्ये पनि गोमन सर्पको विषको असर छिटो र करेत सर्पको विषको असर ढिलो देखिने गर्छ ।

सर्पले टोकेको विषको असर कति समय देखि सुरु हुने भन्ने कुराचही सर्पको टोकाईको अवस्था, पीडित व्यक्तिको प्रतिरोधात्मक क्षमता र उसको रहन सहन आदिमा भर पर्ने डा पराजुलीको भनाई छ ।

सर्पले टोकेको विरामीलाई प्रथामिक उपचारका नाममा घाउ वोरीपरी डोरीले कस्ने,घाउलाई व्लेटले चिर्ने, विद्युतीय झड्का दिने, घाउनलाई अनावश्यक चलाउने, धामी झाँक्री लगाउने, विभिन्न खानेकुरा खान दिने जस्ता कार्यहरु गर्न नहुने डा पराजुली बताउनु हुन्छ ।

विरामीलाई जति हलचल गरायो त्यति नै माँशपेशी खुम्चिदै विष फैलवट हुने भएकाले सकेसम्म नहल्लाई उपचार केन्द्र पुर्याउनु पर्ने चिकित्सकहरुको भनाई छ । विरामी दौडेर वा हिँडेर जानु जोखिमपूर्ण हुन्छ ।

खासगरि जमिनमा वनाएका कच्चि भुईघरमा सर्प सोझै पस्ने गर्दछ । यस्ता भुईघरलाई सर्पले आफ्नो सुरक्षिता वासस्थानको रुपमा पहिलो रोजाई वनाउने गर्दछ । जसले गर्दा घरमा नै वढी सर्पदशंका विरामी हुने गरेको अनुभव छ । त्यस वाहेक माटोमा खेल्ने वालवालिका, खेतवारीमा काम गर्ने किसान समेत क्रमश यसको जोखिममा पर्ने गरेको सर्पदशं उपचारकेन्द्रको तथ्याङकले पुष्टि गर्दछ ।

महिलाहरु विहान पहिला उठ्ने । लुगाफाटो झिक्ने थन्क्याउने, घर सफा गर्ने, वारिमा सागपात टिप्ने, घर वरिपरिको सरसफाई लिपपोत गर्नु पर्ने भएकाले महिला नै वढी सर्पदशंको टोकाईको सिकार वन्ने गरेको उपचारकेन्द्रले गरेको अनुसन्धानवाट पुष्टि भएकोछ । उपचारमा आउने मध्ये ७० प्रतिशत भन्दावढी महिला हुने गरेको उपशाखाको सर्पदशं उपचारकेन्द्रका प्रमुख देवी भण्डारी वताउनुहुन्छ । त्यस वाहेक वालवालिकाको सख्या समेत उल्येख्य रहने गरेको पाइएको छ ।

सर्पले विहान र साँझमा आहारको खोजी निश्कने हुनाले पनि यो समयमा वढी जोखिम हुने गर्दछ । मौसम परिवर्तन सगै सर्पको वसाई सर्ने गर्दछन् यो अवस्थामा सर्पले डस्ने खतरा हुने गरेको छ । वालबालिकाहरु माटोको दुलोमा खेल्ने गर्दछन् । यस्ता दुलाभित्र सर्पले आफ्नो बासस्थान निर्माण गरेको हुन्छ । त्यसकारण पनि बालबालिका बढी जोखिममा पर्ने गरेका हुन् ।

विभिन्न अनुसन्धानले नेपालमा ८० देखि ८९ प्रजातीका सर्पहरु पाईने र ती मध्ये १८ प्रजातीका विषालु सर्प रहेको विराटनगर स्थित स्नाकोत्तर क्याम्पस विराटनगरका सह प्रध्यापक तथा सर्प विशेषज्ञ डा कुल प्रसाद लिम्बु बताउनु हुन्छ । नेपालमा पाईने बिषालु सर्पमध्ये चुरे करेत, गोमन र बाघे सर्पले टोकेको मात्र उपचार हुन्छ ।

नेपालमा विभिन्न छ प्रजातिको करेत, तीन प्रजातिको गोमन र सात प्रजातिको भईपरजातिका विषालु सर्प पाईने पनि डा लिम्बुका दाबी छ । त्यस वाहेक ढोडीया, हरहरे, स्ट्रीफकेलव्याक, वोवास्नेक, धामन र केही जात नखुलेका समेत पाइने गरेको छ । उहाँका अनुसार सर्प आफै सुरक्षित गनतब्यको खोजीमा रहने भएकाले यसले आफ्नो शिकार बाहेक अरुलाई आक्रमक रुपमा नटोक्ने तर यसलाई असर पर्ने गरी थिचियो वा टेकियो भने सर्पले टोक्ने गर्दछ ।

सर्पको टोकाईबाट बच्न अध्यारोमा टच र जुत्ताको प्रयोग गरेर हिँड्ने, झुलको प्रयोग गरेर सुत्नुपर्ने र रुखा वा जमिनका दुलादाली हात हाल्न नहुने पनि डा लिम्बुको सुझाव छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३