प्रकाशित : २४ असार २०७६, मंगलवार १८:५१

विराटनगर, २४ असार । विराटनगर महानगरपालिका १९ वैजनाथपुरमा आज विपद् जोखिम न्युनीकरणका लागि साझा सवाल कार्यक्रम गरिएको छ ।

वडाको विपद् जोखिम न्युनीकरणका लागि आयोजित कार्यक्रममा सहभागिहरुले विपद्को अवस्था, विपद् व्यवस्थापनको पुर्व तयारी लगायतबारे जिज्ञासा राखेका थिए ।

वडाध्यक्ष बद्री नारायण सरदारले विपद्को पुर्व तयारीका लागि आवस्यक सामाग्रीहरु तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले डुवान प्रभावितहरुका लागि बैकल्पिक व्यवस्थापनमा वडा कार्यालय लागि परेको बताउनुभयो ।

वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले आयोजना गरेको कार्यक्रममा बाढी, डुवानको समस्या, सर्पदंशका घटना, सडक दुर्घटना संवन्धिका सवालहरु उठाईएको थियो ।

नारी विकास संघले विपद् जोखिम न्युनीकरणका लागि विराटनगर १९, ग्रामथान ४ र ५, सुन्दरहरैचा १, बुढीगंगा ६ र ७ मा विभिन्न कार्यक्रमहरु गरिरहेको सामाजिक परिचालक मञ्जु पराजुलीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३