प्रकाशित : २२ असार २०७६, आईतवार १८:४०

विराटनगर २२ असार । फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गरिएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय दलित युवतीमाथि बलात्कार गरेका हुन् ।

खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले गत शुक्रबारराति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए ।
घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

प्रहरी र स्थानीयले उद्धार गरेर टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा युवतीलाई उपचारका लागि लगेका थिए ।
बल प्रयोग गरेर बलात्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खवर गरेका थिए ।

एक युवाले युवतीमाथि बल प्रयोग गरेर जवरजस्ती गरिरहेको र युवतीले प्रतिवाद गरिरहेको स्थानीय देखेका थिए । घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट दुवै जनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडाहरु बरामद गरेको छ । बलात्कारबाट पीडित भएकी युवती मानसिक रुपमा विक्षिप्त रहेको जानकारी दिंदै डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३