Breaking News

मोरङ क्रिकेट संघ र मोरङ वडिविल्डीङका नयाँ समिति चयन

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १८:४२

विराटनगर, २१ असार । मोरङ क्रिकेट संघको अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा आज भएको विशेष सभाले घिमिरेकोे अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा मनोहरराज पाण्डे, सचिवमा कमलेश ठाकुर र कोषाध्यक्षमा शिरिष उपाध्याय निर्विरोध निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा अम्विका बुढाथोकी, रोजी राई, मनोज अर्याल, अजय राजवंशी, मांगिलाल शर्मा, रोशन बुढाथोकी, कुन्दन सिंह, उज्वल खरेल र धिरज बुढाथोकी निर्विरोध निर्वाचित हुनु भएको छ ।

यसैबिच मोरङ वडिविल्डीङ तथा फिटनेस संघले राजन दत्तको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

संघको प्रथम उपाध्यक्षमा सुरज श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सरोज घिमिरे, तृतीय उपाध्यक्षमा मनोज गुप्ता, सचिवमा सन्तोष न्यौपाने,सह–सचिवमा विपिन पासवान र कोषाध्यक्षमा रविन श्रेष्ठ चयन हुनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३