प्रकाशित : २१ असार २०७६, शनिबार १७:४९

विराटनगर, २१ असार । मोरंगलाई खुल्ला दिशामुक्त र साक्षरता जिल्ला घोषणा गरिएको छ । १७ वटै स्थानीय तहले खुल्ला दिशामुक्त घोषणा गरिसकेकाले मोरंगलाई आज खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।

खुल्ला दिशामुक्त हुनेमा मोरंग ६६ औं जिल्ला बनेको छ । आजै मोरंगलाई साक्षरता भएको जिल्ला पनि घोषणा गरिएको छ । साक्षरता हुनेमा ५१ औं जिल्ला बनेको छ । मोरंगको साक्षरता प्रतिशत ९६.५९ रहेको छ ।

जिल्ला खानेपानी सरफाई तथा स्वच्छता समन्वय समिति र साक्षरता अभियान जिल्ला समन्वय समिति मोरंगले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले खुल्ला दिशामुक्त र साक्षर जिल्ला घोषणा गर्नु भएको थियो । मन्त्री पोखरेलले एक पटक घोषणा गरेर नहुने भएकाले कार्यन्वयनका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सरसफाईमा आँफै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले कतिपय सार्वजनिक स्थलका शौचालय प्रयोग गर्न लायक नभएकोे बताउनुभयो । उहाँले कम्प्युटर शिक्षा साक्षरताको न्युनतम आवस्यकता हुनुपर्ने बताउनुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खुल्ला दिशामुक्त कार्यन्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले सवैको सहकार्यबाट मात्र घोषणा कार्यन्वयनले सफलता पाउने बताउनुभयो ।

प्रमुख पराजुलीले आगामी ५ वर्ष भित्रमा नगरका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गरिसक्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश नं. १ का सचिव सुरेश अधिकारीले खुल्ला दिशामुक्त कार्यान्वयनका लागि व्यक्तिसँगै सामुदायिक स्थानमा शौचालय निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३