प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १७:१७

विराटनगर, २० असार । मोरङको जहदा गाउँपालिका–७ बाट विद्युत चोरीमा संलग्न ११ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई बिजुली चोरी गरेर अवैध रुपमा प्रयोग गरिहेको अवस्थामा पक्राउ गरको हो ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहका अनुसार विशेष गरेर रातको समयमा विद्युत चोर्नेहरु सक्रिय हुने गरेको पाइयो ।

उहाँले पक्राउ परेकाहरुको साथबाट २ वटा मोटर र हुकिङ केवुल समेत नियन्त्रणमा लिइएको बताउनु भयो । गाउँमा बढी मात्रमा विद्युत चोरी हुने गरेको पाइएपछि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected].com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३