प्रकाशित : १५ असार २०७६, आईतवार ०८:१७

विराटनगर,  १५ असार । विराटनगरमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ ।

मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न प्रतियोगितामा जिल्लाका सम्पूर्ण स्थानीय तहबाट प्रतिनिधित्व गरेको विद्यालयमध्ये विराटनगरले १० वटा स्वर्ण पदक जित्दै रनिङ शिल्ड जितेको छ भने ८ स्वर्ण पदकका साथ सुन्दरहरैंचा दोस्रो स्थान भएको छ ।

प्रतियोगिताअन्तर्गत ट्रिपल जम्प छात्रतर्फ राधिका माविका श्याम पासवान प्रथम, सरस्वती माविका कृष्ण चौधरी दोस्रो र सार्वजनिक माविका सन्तोष मुखिया तेस्रो भए भने छात्रातर्फ ब्राइटफ्युचर बोर्डिङ स्कुलकी शोभा कार्की प्रथम, लक्ष्मी माविकी सम्झना मगर दोस्रो र सरस्वती माविकी रिंकीकुमारी माझी तेस्रो भइन् । त्यस्तै ज्यावलिङथ्रो छात्रतर्फ पूर्वाञ्चल एकेडेमीका देवान तामाङ प्रथम, सुनपकुवा माविका दिपेश धिमाल दोस्रो र जनप्रिय माविका सिवा सवास तेस्रो भए भने छात्रातर्फ पूर्वाञ्चल एकेडेमीकी सरिता तामाङ प्रथम, राधिका माविकी वर्षा श्रेष्ठ दोस्रो र आदर्श माविकी मित्रमाया तेस्रो भइन् ।

गुणा १ सय मिटर रिले दौड छात्रतर्फ बुढीगंगाको सरस्वती मावि प्रथम, सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी दोस्रो र विराटनगरको आदर्श मावि तेस्रो भयो भने छात्रातर्फ रतुवामाईको सरस्वती मावि प्रथम, उर्लाबारीको राधिका मावि दोस्रो र सुन्दरहरैंचाको मदरल्याण्ड स्कुल तेस्रो भयो ।
त्यस्तै ४ गुणा ४ सय मिटर रिले दौड छात्रतर्फ बुढीगंगाको सरस्वती मावि प्रथम, सुन्दरहरैंचाको ब्राइटफ्युचर बोर्डिङ स्कुल दोस्रो र रतुवामाईको महेन्द्र मावि तेस्रो भयो भने छात्रातर्फ कानेपोखरीको जनकल्याण मावि प्रथम, जहदाको निलगिरी स्कुल दोस्रो र लेटाङको लक्ष्मी मावि तेस्रो भयो । त्यसैगरी भलिबल छात्रातर्फ पथरीको रेडस्टार स्कुल प्रथम, लेटाङको महेन्द्र मावि दोस्रो तथा सुन्दरहरैंचाको ब्राइटफ्युचर बोर्डिङ स्कुल र बुढीगंगाको नरग्राम मावि तेस्रो भएभने छात्रतर्फ लेटाङको महेन्द्र मावि प्रथम, पथरीशनिश्चरेको अन्नपूर्ण मावि दोस्रो, रंगेलीको सनरे इंलिश बोर्डिङ स्कुल र रतुवामाईको दुर्गा मावि तेस्रो भए ।

कबड्डी छात्रतर्फ धनपालको शिवशक्ति मावि प्रथम, विराटनगरको पोखरिया मावि दोस्रो भए भने छात्रातर्फ विराटनगरको गौतम बुद्ध स्कुल प्रथम र उर्लाबारीको राधिका मावि दोस्रो भए । त्यस्तै उसुको नानछवान छात्रतर्फ आदर्श सेकेन्डरी बोर्डिङ स्कुलका ऐलिस मारिक प्रथम, ग्यालेक्सी पब्लिक स्कुलका सौगात लामा दोस्रो र ग्रेडेड सेकेन्डरी बोर्डिङ स्कुलका सुजल सिंह तेस्रो भए भने छात्रातर्फ आदर्श माविकी ऐलिसा मारिक प्रथम, पोखरिया माविकी निर्जला कठायत द्वितीय र अरनिको उमाविकी प्रतिक्षा प्रधान तृतीय भइन् ।

उसुकै छाङछवान छात्रतर्फ सरस्वती माविका बाबा मारिक प्रथम, आदर्श उमाविका सागर यादव दोस्रो र अरनिको उमाविका आदित्य सिन्हा तेस्रो भएभने छात्रातर्फ लिलिपुट प्रिमियर स्कुलकी कृतिका राई प्रथम र अरनिको उमाविकी कोमल सिन्हा दोस्रो भए ।

थाइची छवान छात्रतर्फ पशुपति शिक्षा मन्दिरका चिरञ्जीवी राई प्रथम, अरनिको उमाविका दिपेश यादव दोस्रो र लिलिपुट प्रिमियर स्कुलका साउलिन राई तेस्रो भएभने छात्रातर्फ अरनिको उमाविकी ऐनजल पौद्दार प्रथम र अरनिकोकै नन्दनी साह दोस्रो भए । त्यसैगरी करातेतर्फ विराटनगरले ५ वटा स्वर्ण पदक जित्यो भने बेलबारीले १ वटा मात्रै स्वर्ण पदक जित्न सफल भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३