Breaking News

विपद्को सांकेतिक अभ्यास

प्रकाशित मिति : ८ असार २०७६, आईतवार १६:२१

विराटनगर, ८ असार । मोरंगको ग्रामथानमा आज विपद्को समयको सांकेतिक अभ्यास गरिएको छ । ग्रामथान ४ को लोहन्द्रा खोला वगरमा विभिन्न ९ वटा समूहले विपद्को पुर्व तयारी र विपद्का समयमा गरिनुपर्ने उद्धार र राहतको सांकेतिक अभ्यास गरेका थिए । वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

बाढीका कारण विद्यालयमा भएको क्षति, मानिसहरु डुवेको, उद्धार गरिएको, स्वास्थ्य उपचार, राहत वितरण र महिलामाथि हुने हिंसाको सांकेतिक अभ्यास गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । बाढीका समयमा उद्धार कार्यमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको थियो ।

बाढी पीडितको स्वास्थ्य परिक्षण र औषधी उपचारको कार्यमा स्वास्थ्यकर्मीहरु खटिएका थिए । विपद् पुर्व गरिएको सांकेतिक अभ्यासले पुर्व तयारीका लागि के गर्नु पर्ने रहेछ भन्ने थाहा भएको ग्रामथान गाउँपालिका उपप्रमुख फूलकुमारी चौधरीले बताउनुभयो ।

उहाँले विपद् न्युनीकरणका लागि गाउँपालिकाले आवस्यक वजेटको पनि व्यवस्थापन आगामी वजेटमा गर्ने बताउनुभयो । नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्माले सांकेतिक अभ्यासले विपद्का समयमा कसरी उद्धार र राहतको कार्यमा जुट्ने प्रष्ट भएको बताउनुभयो ।

उहाँले विपद् पुर्व कसरी तयारी गर्ने भन्ने पनि थाहा भएको बताउनुभयो । शशस्त्र प्रहरीका प्रहरी निरीक्षक टेकबहादुर कट्वालले सांकेतिक अभ्यासले विपद्का समयमा कस्को भूमिका के हुने भन्ने प्रष्ट पारेको बताउनुभयो ।

विपद्का समयमा सवैको भूमिका हुने उहाँले बताउनुभयो । नारी विकास संघले विपद् जोखीम न्युनीकरणका लागि ग्रामथान ४ र ५ , सुन्दरहरैचा १, वुढीगंगा ६ र ७ र विराटनगर १९ मा विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३