प्रकाशित : ७ असार २०७६, शनिबार १६:२८

पथरीशनिश्चरे, ७ असार । लामो समयदेखि विवादमा रहेको मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय भवन राजनीतिक सहमति तथा अदालतको फैसला बमोजिम तोकिएको ठाउँमा बनाउन संघर्ष समितिले माग दोहोर्याएको छ ।

‘‘सर्वाेच्च अदालतको समेत फैसला कार्यान्वयन गराउने संघर्ष समिति’ले आज पत्रकार सम्मेलन गरी नगरपालिकाले हाल निर्माण गरेको जग्गा व्यवस्थापन समितिलाई सहयोग पुर्याउने उद्धेश्यले कार्यालय भवनको विषय उठाएको बताएको छ ।

समितिका संयोजक पर्शुराम कार्कीले ०६८ साउन ३२ को सर्वदलीय सहमति तथा राज्य पुर्नसंरचना आयोग र अदालतहरुको फैसलाका आधारमा नगरपालिकाले आफ्नो कार्यालय वडा नम्वर १० को शिविर डाँडामा निर्माण गर्नुपर्ने तथ्य अघि सारेका छन् ।

कानूनी राज्यको कुरा नगर सरकारले झनै पालना गर्नुपर्नेमा उहाँको जोड छ । साथै उनले यसअघि नगरपालिका कार्यालयको लागि १० नम्वर वडामा १ विगाहा १० कठ्ठा जग्गा प्राप्तिका निम्ति अघि बढेको नगरपालिकाको प्रक्रियालाई निरन्तरता दिँदै अगाडि बढाउन समेत सुझाव दिएका छन् ।

उनले नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा केन्द्रको विवादलाई सुल्झाएर जग्गाप्राप्तिको पहल गर्न बनेको समितिलाई सहयोग तथ्यगत र कानूनी मान्यताको पृष्ठभूमिमा रहेर सहयोग पुर्याउने जनाए ।

गत जेठ ९ गते नगरकार्यपालिकाको बैठकले उपप्रमुखको वास्तोलालाई संयोजक तोकेर ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको ५ सदस्यीय समिति निर्माण गरेको छ । समितिले भदौ १० गतेसम्ममा प्रतिवेदन बुझाउने समय तोकिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३