प्रकाशित : ७ असार २०७६, शनिबार १६:२६


विराटनगर, ७ असार । विश्व योग दिवसको अवसरमा मोरंगको ग्रामथानमा एक दिने योग शिविर सम्पन्न भएको छ ।
ग्रामथान वडा नं ४ मोतिपुरको आयोजना र स्वास्थ्य चौकी मोतिपुरको सहयोगमा एक दिने योग शिविरमा महिला स्वास्थ्य स्वंयसेविका, आमा समूहका अध्यक्ष, वडा कार्यालय कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, वडा प्रतिनिधिहरुलाई योग प्रशिक्षक सुधा पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
योग शिविरमा वडाध्यक्ष बैजनाथ विश्वासले योगको बिशेषता, उपयोगिता र मानवजातीलाई योगको आवश्यता प्रति प्रकाश पार्नु भएको थियो ।
उहाँले वडाले आगामी दिनहरुमा योग शिविरलाई विशेष तवरले समुदायमा संचालन गर्ने बताउनुभयो ।
सम्बन्धित शीर्षकहरु