प्रकाशित : ७ असार २०७६, शनिबार १६:२०

विराटनगर, ७ असार । मोरंगको ग्रामथानका प्रजनन उमेर समूहका करिव तीन दर्जन महिलाले अस्थायी साधन ईम्पलान्ट लगाएका छन् ।

ग्रामथान गाउँपालिका वडा नं. ४ मोतिपुर स्वास्थ्य चौकीमा सुनौलो परिवार नेपाल र मेरि स्टप क्लिनिकले संचालन गरेको एक दिने ईम्पलान्ट तथा आईयुसिडि शिविरमा ३३ जना प्रजनन उमेर समुहका महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाएका हुन ।

आ.ब. २०७५/७६ असार पहिलो साता सम्म १ सय १४ जनाले ईम्पलान्ट लगाई सकेको मोतिपुर स्वास्थ्य चौकीले जनाएको छ ।

चेतनाको स्तर बढेकोले महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने दर मोतिपुरमा बढेको मोतिपुर स्वास्थ्य चौकीका सन्तोष गौतमले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३