प्रकाशित : ३ असार २०७६, मंगलवार १६:०७


विराटनगर, ३ असार । विराटनगर, पुसेट कलेजका विद्यार्थीले आज क्याम्पसको प्रशासन शाखा तोडफोड गरेका छन् । पूर्वाञ्चल विश्व विद्यालयबाट इञ्जीनियरिङ उत्तीर्ण गरेपनि काउन्सीलमा दर्ता हुन नपाएको भन्दै विद्यार्थीले आज पुसेट कलेजको प्रशासन शाखा तोडफोड गरि क्याम्पस प्रमुखको कुर्सी टेवल आगजनी गरेको विद्यार्थीले बताएका छन् ।
इञ्जीनिरिङ काउन्सीलमा दर्ता नहुँदा इञ्जीनियर भएको नठहरिने भएको र सरकारी सेवामा प्रवेश नपाइएकाले विद्यार्थी आन्दोलित हुनु परेको अनेरास्ववियु मोरङका अध्यक्ष गोकर्ण घिमिरेले बताउनुभयो ।
सांकेतिक रुपमा पुसेट कलेजमा आज विद्यार्थीले तोडफोड गरेको उहाँको भनाई छ । विद्यार्थीको माग संवोधन नभए विश्वविद्यालयको केन्द्रिय कार्यालयमा पनि तालाबन्दी गर्ने अध्यक्ष घिमिरे चेतावनी दिनुभयो ।
शिक्षकहरुले आफुले पाउने दूई महिने विदा सुविधान मध्येको एक महिना सवै शिक्षकले एकै साथ लिएका कारण कलेज विदा भएको अवस्था आएकोले पनि विद्यार्थी आन्दोलित हुनु परेको अध्यक्ष घिमिरेको भनाई छ ।