प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार १७:२६

विराटनगर, २८ जेठ । विराटनगर महानगरपालिका–९ बाट प्रहरीले दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई गएराति पक्राउ गरेको छ ।

भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेका सिंहका साथबाट कटुवा र चाइनिज गरेर दुईवटा पेस्तोल र दुवैमा लोड हुने चार/चार राउण्ड गोली बरामद भएको छ ।

प्रहरीका अनुसार दुई जना भारतीय नागरिकहरु विराटनगर आएर एउटा गेस्ट हाउसमा हिजो दिउँसो १ बजे कोठा बुक गरेर बसेका थिए । हतियारसहित आएर बसेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बेदप्रसाद गौतम नेत्रृत्वको टोली छापा हान्न पुगेको थियो ।

त्यस क्रममा सिंहलाई दुईवटा पेस्तोल र गोलीसहित पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका अर्का व्यक्ति भने त्यतिबेला गेस्ट हाउसमा नभेटिएको खोजी थालिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

उहाँका अनुसार हतियारसहित नेपाल छिरेका भारतीय हतियार कारोबारी भएको हुन सक्ने आशंका छ । कुनै अपराधिक घटना गराउने उदेश्यले पनि उनीहरु विराटनगर आएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३