प्रकाशित : २६ जेष्ठ २०७६, आईतवार १८:५९


विराटनगर, १४ जेठ । अन्र्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा मोरंगका विभिन्न स्थानमा कार्यक्रम गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले विराटनगरको पोखरिया स्कुलमा मर्यादित बहस कार्यक्रम भएको छ । बहसमा सरकारवाला व्यक्तिहरु तथा बालबालिका सहभागि भएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।
दिवसको अवसरमा बुढीगंगाको नारायण मावि लगायतका स्थानमा पनि मर्यादित बहस कार्यक्रम गरिएको छ । यस्तै केही स्थानमा सडक नाटक गरिएको थियो ।