प्रकाशित : २६ जेष्ठ २०७६, आईतवार १८:४५

विराटनगर, २६ जेठ । प्याब्सन विराटनगरको आयोजनामा ‘प्याब्सन आँगन’ प्रतियोगिता हुने भएको छ । ‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिएको छ ।

‘सधैंको लागि, सबैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो । प्याब्सन विराटनगरले आज पत्रकार सम्मेलन गरि प्याब्सन आँगनको अडिसन राउण्ड यही जेठ ३२ गतेबाट सुरू हुने जानकारी गराएको छ ।

निजी विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूमा अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिन पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राइले जानकरी दिनु भयो ।

तीन चरणको अडिसन राउण्ड पूरा गरेपछि प्रतियोगिता फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०/१० जना पुग्नेछन् ।

प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताउनु भयो ।

प्रतियोगितामा विराटनगर, बुढीगंगा र ग्रामथान गाउँपालिकामा रहेको ६० सदस्य विद्यालयहरूबाट करिब ३ सय भन्दा विद्यार्थीहरुले भाग लिने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनु भयो ।

उक्त प्रतियोगिताको फाइनल विराटनगरमा साउन २४ गते हुनेछ । एकल नृत्यतर्फको प्राविधिक संयोजकमा निश्चल मगर रहनु भएको छ भने का गायनतर्फको प्राविधिक संयोजकमा सुमन श्रेष्ठ हुनु हुन्छ ।

प्रतियोगितालाई निश्पक्ष र भयरहित वातवरणमा भव्य र सभ्य तरिकाले कार्यक्रम हुने अध्यक्ष राईले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ९५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३