प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १९:२१

विराटनगर, २४ जेठ । अपाङ्ता भएका ब्यक्तिहरुले रोजगारीदिन मागगर्दै राष्ट्रिय अपाङ महासंघको प्रदेश १ कार्यालय घेराउ गरेका छन । दुइ दर्जनको संख्यामा पुगेका ह्वील चेयर प्रयोगकर्ताहरुले आज दिउसो विराटनगरस्थित महासंघको प्रदेश कार्यालय घेराउ गर्नुका साथै धर्ना दिएका छन ।

उनिहरुले दिउसो १ बजेदेखि ३ बजेसम्म कार्यालय परिसरमा घेराउगर्दै धर्ना दिएका थिए । यसअघि सिमाबर्ती बजार जोगबनीबाट ह्वील चेयरमा किरानाका सामान ल्याएर विराटनगर बजारमा विक्री गरेर त्यसबाट भएको आम्दनीबाट परिवारको भरणपोषण गर्दै आएकोमा त्यसमा रोक लगाइएपछि उनिहरु रोजगारीको मागगर्दै विभिन्न निकायमा धर्ना दिंदै आएका छन ।

सो बिषयमा जानकारी दिनुहुंदै विराटनगर १४ जतुवाका संजय थापा मगरले आफुहरुको शारिरिक क्षमता अनुसार रोजगारी उपलब्ध गराउनुपर्ने बताउनुभयो । रोजगारी अभावमा परिवारको भरणपोषणमा समस्या भएको बताउनुहुंदै उहांले पटकपटक गुहार्दा समेत सम्बन्धित निकायले सुनवाई नगरेका कारण आफुहरु धर्ना प्रदर्शन गर्न बाध्य भएको बताउनुभयो ।

यसअघि जेठ २० गते उनिहरुले प्रदेश एकका मुख्य मन्त्री कार्यालय अघिल्लतिरको राजमार्गमा र २१ गते सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकामा धर्नादिंदै ज्ञापन दिएका थिए । राष्ट्रिय अपाङ महासंघ प्रदेश एकका कार्यक्रम अधिकृत विमल बस्नेतले निति नियम रहेपनि सरोकारवाला निकाय गम्भीर नभएका कारण फरक क्षमता भएका ब्यक्तीहरुले जीवनका विभिन्न पाटोहरुमा समस्या झेल्नुपरेको आरोप लगाउनुभयो ।

अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ मा अपांगता भएका ब्यक्तीहरुलाई शारिरीक क्षमता र योग्यताको आधारमा रोजगारी दिनुपर्ने ब्यवस्था रहेको उहांले बताउनुभयो । यस्तै २५ जना भन्दा बढी सपांग कामदार भएका उद्योगमा १ जना अपांगता भएका ब्यक्तीलाई समेत रोजगार दिनुपर्ने ब्यवस्था छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३