प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १९:०८

विराटनगर, २४ जेठ । मोरंगको ग्रामथानका दुई दर्जन महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाएका छन् ।

ग्रामथान वडा नं. को ४ मोतिपुर स्वास्थ्य चौकीमा सुनौलो परिवार नेपाल र मेरी स्टप क्लिनिकले संचालन गरेको एक दिने ईम्पलान्ट तथा आईयुसिडि शिविरमा २७ जना प्रजनन उमेर समुहका महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाएको स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष गौतमले जानकारी दिनुभयो ।

आ.ब. २०७५/७६ को आज सम्ममा ८१ जनाले ईम्पलान्ट लगाई सकेको उहाँले बताउनुभयो ।

चेतनाको स्तर बढेकाले महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने दर मोतिपुर मा बढेको इन्चार्ज गौतमको भनाई छ । स्वास्थ्य चौकी मोतिपुरले समुदायमा स्वास्थ्य संवन्धिका विभिन्न क्रियाकलपाहरु गर्दै आएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३