प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १९:०६

विराटनगर, २४ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल दूर सञ्चार संस्थानले दुर्गम क्षेत्रका जनतामा सेवा पुर्याउनु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले जनतालाई विश्वको नविन प्रविधिको प्रयोग गरी गुणस्तरी सेवा प्रदान गर्न आग्रह गर्नुभयो । अहिलेको प्रतिस्पर्धाको समयमा प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री राईले सगरमाथा, मकालु कञ्जनजंघा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल कम्प्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले संस्थाले जिम्मेवारी पूर्वक सेवाग्राहीप्रति उत्तरदायित्व भूमिका निर्वाह गर्नुपर्ने औल्याउनु भयो ।

अर्का केन्द्रीय सदस्य महेश रेग्मीले प्रतिस्पर्धामा उच्च स्थान हासिल गर्न वर्तमान सरकारले सक्दो सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अधिवेशनले नयाँ कार्यसमतिको चयन गर्नेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

a[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३