प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १८:५०

विराटनगर, २१ जेठ । प्रदेश नं १ मा एक सय ४ प्रकार भाषा बोल्न समुदायको बसोबास रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयले गठन गरेको स्थानीय भाषा कार्यदलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश नं १ मा १ सय ४ भाषा बोलिने जानकारी दिएको हो । कार्यदलले सामाजिक विकास मन्त्रि जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै प्रदेशका स्थानीय भाषाको संरक्षण र विकासका लागि २८ बुँदे सुझाव समेत दिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री घिमिरेले कार्यदलले तयार गरेको तथ्याङका प्रदेश सरकारको सम्पत्ति भएको जनाउदै भाषाको विकास र संरक्षणका लागि कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिवेदनमा प्रदेश नं १ मा १ सय ४ भाषा बोल्ने समुदायको बसोबास रहेको र ‘अन्य’ र ‘नखुलेको’ गरी एक सय छ भाषा बोल्ने मानिसहरु प्रदेश १ मा बसोबास रहेको कार्यदलका सदस्य अमृत आचार्यले बताउनुभयो ।

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार अन्य र नखुलेको भाष बोल्नेको जनसंख्या २६ हजार १ सय ३५ रहेको प्रतिवेदनमा जनाइएको छ । कार्यदलले जनगणना, स्थानीयसंग छलफल र अन्र्तक्रिया गरी प्रतिवेदन तयार गरेको कार्यदलका संयोजक हरी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कार्यदलले भोजपुर , फिदिम र इटहरीमा कार्यक्रम गरेर स्थानीय भाषाको सल्लाह सुझाव समेत लिएको समितिका सदस्य राजेन्द्र किराँतीले बताउँनु भयो ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका भाषाको अवस्थाको अध्ययनका लागि २०७५ चैत १८ गते ४५ दिनको समयावधी दिएर घिमिरेको संजोजकत्वमा १५ सदसीय कार्यदल गठन गरेको थियो

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३