प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १८:४७

विराटनगर, २१ जेठ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले काननु र दण्ड सजायले नभएर जागरणले मात्र मुलुक छुवाछुत मुक्त हुने बताउनु भएको छ ।

छुवाछुत मुक्त प्रदेश अभियानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्रि घिमिरेले छुवाछुतको अन्त्यका लागि कानुन र सजाय नभएर मनमस्तिष्कबाट छुवाछुतको भावना हटनु पर्ने बताउनु भयो ।

दण्ड सजायले भन्दा चेतनाले छुवाछुतको अन्त्य गर्ने बताउँदै उहाँदे प्रदेश सरकारले प्रदेश १ का १४ ओटै जिल्लामा जागरणको अभियान थालेको बताउनु भयो ।

छुवाछुत मुक्त राष्ट्र घोषणा भएको करिव डेढ दशक भएको र दण्ड सजायका लागि कानुन बनेको दशक बितिसक्दा पनि छुवाछुत कायमै रहेको दर्शाउँदै मन्त्रि घिमिरेले छुवाछुत अन्त्यका लागि राजनीतिक र समाजिक अभियान आवश्यक रहेको बताउनु भयो ।

उच्च अदालत विराटनगरका न्यायधिश शेखर प्रसाद पौडेलले छुवाछुत गर्नु कसुर र अपराध हो भन्ने कुरा धेरैलाई थाहा नभएकोले गर्दा अदालतसम्म कसुरका घटना कमै आउने गरेको बताउनु भयो ।

२०६३ जेठ २१ गते सरकारले देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको स्मरणमा आयोजित कार्यक्रममा दलित अधिकार अभियन्त गणेश वि कले छुवाछुत मुक्त अभियानको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

साथै कार्यक्रममा मन्त्रि घिमिरे, न्यायधिश पौडेल, संविधानसभा सदस्य अनिता परियार, प्रदेशसभा सदस्य कल्पना सरदार, मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीबीच छुवाछुत मुक्त प्रदेश बनाउने विषयमा बसह समेत भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३