प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १५:१२

विराटनगर, २१ जेठ । विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको एक साता नवित्दै विराटनगर महानगरपालिकाले निवास सुरक्षाको जिम्मेवारी आफूले लिएको छ ।

यसक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको निर्देशनमा आजदेखि कोइराला निवासको सुरक्षार्थ नगररक्षक खटिएका छन् । विराटनगर–७ स्थित कोइराला निवास पूर्वप्रधानमन्त्री त्रय मातृकप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाको घर हो । जसलाई राजनीतिक हिसाबले मात्र हेर्न नमिल्ने महानगरको बुझाई रहेको छ ।

केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय नगरि एकपक्षीय ढंगबाट सुरक्षाकर्मी हटाएको हुदाँ महानगरको दायित्व ऐतिहासिक र राजनीतिक धरोहरका रुपमा स्थापित कोइराला निवासको सुरक्षार्थ आवश्यक्ता अनुसार नगररक्षक खटाएको महानगरले जनाएको छ ।

महानगरभित्र सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटाउँदा जानकारी नदिएको आरोप महानगरको रहेको छ । ‘एकल ढंगबाट केन्द्र सरकारले बिना जानकारी सुरक्षाकर्मी हटाउँदै जाने हो भने महानगरले नगरसुरक्षाको क्षमतालाई अभिवृद्धि गर्दै लैजाने छ,’ मेयर भीम पराजुलीले भन्नु भयो । महानगरभित्र भएको कोइराला निवासमा खटाइएका सुरक्षाकर्मी हटाउँदा स्थानीय सरकारसँग समन्वय नभएका कारण अब सुरक्षा दिने जिम्मेवारी महानगरको भनाएको उहाँको भनाइ छ ।

पराजुलीले यो राजनीतिक मात्र नभएर विदेशी पर्यटक, विभिन्न विषयगत अनुसन्धानका लागि समेत आवश्यक हुने भएकाले यसको सुरक्षा उपलब्ध गराउनु महानगरको दायित्व र जिम्मेवारी भित्र परेको बताउनु भयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार, हाल महानगरसँग २१ जना नगररक्षक रहेका छन् । जसमध्ये आवश्यक्ता अनुसार पहिलो चरणमा निवासको सुरक्षाको लागि नगररक्षक अरुण यादव, सीताराम चौधरी र रिता रोक्कालाई खटाएको छ ।

डा. शेखर कोइरालाले हाल सो घरको प्राविधीक रुपमा रेखदेख गर्दै आउनु भएको छ । कोइराला परिवारका सदस्य विराटनगर आउँदा सोही घरमा बसोबास, कार्यकर्ता भेटघाट, पत्रकारसँगको अन्र्तक्रिया हुने गर्दछ ।

२०५४ सालदेखि नियमित रुपमा सशस्त्र प्रहरी बलको ७ जनाको टोली कोइराला निवासमा सुरक्षार्थ खटिँदै आएको थियो । यद्यपी गत १४ गते मंगलबार एकाएक टोलीलाई सरकारले फिर्ता बोलाएको थियो ।

सो विषयमा गृह प्रशासनसँग कुरा गर्दा समेत स्पस्ट जवाफ आउन नसकेको डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३