प्रकाशित : २० जेष्ठ २०७६, सोमबार १४:३४

विराटनगर, २० जेठ । नेपाल रेडक्रस सोसाइटी मोरंगले रक्तसञ्चार सेवाबाट प्राप्त शुल्क व्यक्ति रुपमा खर्च गर्ने गरेको खुलेको छ । नियमित रुपमा रक्तसञ्चार सेवाबाट प्राप्त हुदै आएको रगत परीक्षणवापत लिइने शुल्क संस्थाको खातामा जम्मा गर्नको सट्टा व्यक्तिगत रुपमा खर्च गर्न सुरुवात गरिन थालेको भन्दै रेडक्रस सरोकार समूह मोरंगले आपत्ति जनाएको छ ।

अनियमितता र अपारदर्शी क्रियाकलापमा गनाएको मोरङ रेडक्रस पुरानै समितिबाट चलिरहेको छ । केन्द्रीय समिति भङ्ग भएको वर्तमान अवस्थालाई वेवास्था गर्दै मोरङ शाखा समितिले गर्दै आएको मनपरीतन्त्रलाई पछिल्लो समयमा बढाएर झन भद्रगोलको स्थिति बनाउ“दै लगेको भन्दै सरोकार समूहले विज्ञप्ती जारी गरि आपत्ति जनाएको हो ।

परोपकारी संस्थाको रुपमा चिनिएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रदेखि शाखासम्ममा भएका अनियमितता र अपारदर्शी क्रियाकलाप व्यापक रुपमा बाहिर आइरहेको छ । जसको कारण तीन दशक बढीदेखि पदमा बसिरहेकाहरुको समूह रहेको केन्द्रीय समिति भङ्ग भई नया“ अन्तरिम समिति गठन भैसकेको विज्ञप्तीमा जनाईएको छ ।

शाखा सभापति सुवोध सिंहको निर्देशनमा कर्मचारी अर्जुन राय र राजु राजवंशीले संस्थाको रकम हिनामिना गरेको पाइएको सरोकार समूहका संयोजक तारानाथ भट्टराईले बताउनुभयो । लामो समयदेखि उनीहरुले यस्तो काम गरेपनि पहिलेको भन्दा अहिले ठूलो राशी संस्थाको खातामा जम्मा हुन छाडेपछि यो खुलासा भएको हो ।

अहिले संस्थामा विभिन्न स्रोतबाट आउने हिसाव किताव दुरुस्त नभएको र पुरानो समिति कुनबेला भङ्ग हुने हो भन्ने डरले पूर्व सभापति मनोजप्रसाद उपाध्यायको घरमा रेडक्रसको खातापाता लगेर नक्कली कागजात बनाई हिसाव मिलाइ अनियमिततालाई ढाकछोप गर्ने काम भइरहेको विज्ञप्तीमा जनाईएको छ ।

संस्थाको सम्पत्तीलाई व्यक्तिगत सम्पत्तीको रुपमा प्रयोग गर्दै आएका उनीहरुको गलत क्रियाकलापको घोर भत्र्सना गर्दै तत्काल रेडक्रसको मोरङ शाखा समिति विघटन गरी आर्थिक अनियमियतामा संलग्नलाई कडाभन्दा कडा कार्वाहीको माग गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३