प्रकाशित : १७ जेष्ठ २०७६, शुक्रबार १८:३९

विराटनगर, १७ जेठ । मोरंगका जनप्रतिनिधिहरुलाई बाल अधिकार संवन्धि तालिम दिन शुरु गरिएको छ । ५ वटा स्थानीय तहका ८ वटा वडाका जनप्रतिनिधिहरुलाई बाल अधिकार र बाल संरक्षणका विषयमा तालिम दिन शुरु गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले ग्रामथान १ र २, बुढीगंगा ६ र ७, कटहरी ५ र ६, विराटनगर १९ र सुन्दरहरैचा १ का जनप्रतिनिधिहरुलाई बाल अधिकारी र कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण दिन थालिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।

तालिममा जनप्रतिनिधिसँगै बाल संरक्षण समितिका सदस्य तथा बाल क्लवका प्रतिनिधिहरको पनि सहभागिता रहने संयोजक अधिकारीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३