Breaking News

विराटनगर, १६ जेठ ।  सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेपछि विराटनगरका उद्योगी, व्यापारीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणा सुनेपछि यहाँका उद्योगी व्यापारीहरूले शिक्षा, स्वास्थ्य, कृषि र उर्जामा सरकारले जोड दिएको बजेट राम्रो रहेको बताए । पुरानै कार्यक्रमको निरन्तरताको रुपमा आएको बजेटमा पूर्व क्षेत्रका पुरानै कार्यक्रममा पनि पर्याप्त बजेट व्यवस्था नभएमा भने उनीहरूले गुनासो पोखे ।

शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिकलाई वृद्धा भत्ता, पूर्वाधार विकास जस्ता कार्यक्रमलाई बजेटले समेटेको कार्यन्वयनमा जोड दिएका छन् ।

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, कृषि र उर्जामा जोड दिने, विराटनगर विमानस्थलको स्थरउन्नती, प्रदेशको राजधानी विराटनगरमा २ हजार क्षमताको सम्मेलन केन्द्रको निमार्णमा प्राथमिकता दिने बजेटका कार्यक्रम राम्रो रहेको उनीहरुले बताए ।

मोरङ व्यापार संघको पूर्व अध्यक्ष तथा उद्योगी महेश जाजुले समग्र रुपमा बजेट राम्रो रहेको बताउनु भयो । उहाले स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गरेको बताउनुभयो ।

‘स्वेदशी उद्योगहरूबाट उत्पादन हुने बस्तुहरू आयात गर्यो भने त्यस्तो बस्तुमा भन्सार वृद्धी गर्ने यो सरकारको राम्रो पक्ष हो,’ उहाँले भन्नुभयोे, ‘जसले गर्दा स्थानिय उद्योगलाई सरकारले प्रोसान गरेको देखियो ।’ उहाँले उर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिनुभयो ।

फाष्ट ट्रयाक निर्माण र विद्युत उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रने उनको भनाई छ । मोरङ व्यापार संघको पूर्व अध्यक्ष नन्द किशोर राठीले मेघा सिटी स्मार्ट सिटीको सहर बनाउने योजना अगाडी ल्याएको बजेट राम्रो रहेको बताउनुभयो । ‘सरकारले ल्याएको बजेटमा कृषिलाई विविधकरण गर्ने योजना ल्याउको छ । यो एकदम राम्रो कुरा हो,’ उहाँले भन्नुभयोे ।’ उहाँले भूमिको समस्याको सावधन हल गर्न आयोग गठन गर्ने सरकारको योजना राम्रो रहेको बताउनुभयो ।

मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यमी प्रकाश मुन्दडाले सरकारले ल्याएको बजेटले विराटनगरलाई अपेक्षित गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषी र स्थानीय निकायलाई बलियो बनाउनेगरी आएको बजेटको कार्यान्वयन प्रभाबकारी रुपमा भएमा मुलुकको विकासले गति लिने उहाँको भनाई छ ।

मोरङ व्यापार संघको संल्लाकार शंकरलाल अग्रवालले सडक, उर्जा, रेल्वे र कृषिमा जोड दिएको बजेट स्वागतयोग्य रहेको बताए ।

मोरङ व्यापार संघको महासचिब नविन रिजालले सरकारले ल्याएको बजेट भोट मात्र फकाउने खालको बजेट आएको बताउनुभयो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३