Breaking News

विराटनगर जेठ १४ । लागुऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरुको भुमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह मोरङले आजबाट शुरु गरेको लागुपदार्थ उपचार तथा पुनरस्थापना कार्यक्रममा सरोकारवालाहरुले घरको नेतृत्वगर्ने महिलाहरुलेनै आफ्ना छोराछोरी दुरब्यवसनमा लागेको वा नलागेको, उनिहरुको चालचलन, संगत जस्ता विषय हेरेर सुधार गर्न लाग्नुपर्ने बताएका हुन ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले लागुऔषध दुव्र्यसन ठुलो समस्याको रुपमा रहेको र बढ्दै गएका कारण यसको न्युनिकरण अभियान तिव्र रुपमा गर्न आबश्यक भएको बताउनुभयो ।

घरमा आमा नै बालवालिकाको पहिलो विद्यालय भएकोले दुरब्यसन रहित नैतिकबान बनाउन आमाहरु सचेत हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले विस्तारै विकराल रुप लिदै गएको लागुऔषध प्रयोग र ओसारपसारमा धेरै युवा संलग्न भएको पाइएकोले यो पुर्ण रुपमा नियन्त्रणमा लिन जरुरी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले दुरब्यसनीबाट युवाहरुलाई जोगाउन जरुरी रहेको भन्दै प्रयोगकर्तालाई उपचार र पुनरस्थापनामा पनि समस्या हुने गरेको बताउनुभयो । उहाले म दुरब्सन मुक्त हुन्छु भनेर आउनेलाई समाजले स्थापित गराउन सकारातमक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समुह प्रदेश एक अध्यक्ष इन्दिरा भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालवालिका सेवा केन्द्र प्रमुख इन्सपेक्टर जमुना बस्नेत, विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख लजिता योन्जनले सहजीकरण गर्नुभएको छ ।

तालिममा ३२ जना महिला तथा किशोरीहरुको सहभागिता रहेको सञ्चारिका समुह मोरङकी अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३