प्रकाशित : १३ जेष्ठ २०७६, सोमबार १८:४८

विराटनगर, १३ जेठ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले यही जेठ १५ गतेबाट प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदेशस्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको छ ।

मन्त्रालय मातहतको युवा तथा खेलकुद महाशाखाले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो विषयमा जानकारी गराएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा बोल्नु हुंँदै महाशाखा प्रमुख राजेन्द्र बुढाथोकीले प्रदेशका विभिन्न जिल्लाहरुमा आउदो १५ गतेबाट कबड्डी, क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, तेक्वान्दो, एथलेटिक्स, कुस्ती, उसु, कराँते र डोरीतान प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । उहाँले प्रतियोगिता आयोजनार्थ आवश्यक बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मिति र स्थान समेत निर्धारण गरेर तालिका समेत प्रकासन गरिसकिएको बताउनुभयो ।

क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा संखुवासभा, झापा, सुनसरी, उदयपुर, मोरङ र इलाम लगायतका क्षेत्रमा ती प्रतियोगिताहरु आयोजना हुने जानकारी बुढाथोकीले दिनु भयो । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीेले प्रतियोगितामा २ हजार ३ सय ८८ जना खेलाडीले सहभागिता जनाउने जानकारी दिनु भयो ।

सो अवसरमा बोल्नु हुँदै मन्त्री घिमिरेले प्रदेशको खेलकुद क्षेत्रलाई विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले मन्त्रालयको अग्रसरतामा प्रदेश खेलकुद ऐन २०७५ प्रदेश सभाबाट स्वीकृत भइ प्रमाणीकरणको अन्तिम चरणमा पुगेको बताउनु भयो । त्यस लगत्तै मन्त्रालयले खेलकुद बोर्ड गठन गर्ने कार्यक्रम राखेको जानकारी समेत मन्त्री घिमिरेले दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३