Breaking News

मोरंगका २ ठाउँमा भेटिएको प्रेसर कुकर बम सेनाले डिस्पोज गर्यो

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ११:०६

विराटनगर, १३ जेठ । मोरङको बुढीगंगा गाउँपालिका–१ र सुन्दरहरैंचा नगरपालिका–७ मा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

दुवै ठाउँमा आज विहानै बम भेटिएपछि त्रास उत्पन्न भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुढीगंगाबाट विराटनगर महानगरपालिका प्रवेशद्धारमा भेटिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।

एउटा झोलामा राखिएको प्रेसर कुकरबाट तार टाँगेर बाहिर ल्याइएको वस्तु भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । डीएसपी श्रेष्ठले सेनाको टोलीले बम नै भएको पुष्टि गरेको छ ।

बुढीगंगा र सुन्दरहरैंचामा बम भेटिएपछि विहानैदेखि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो । पूर्व–पश्चिम राजमार्गस्थित सुन्दरहरैंचा–७ मा बम फेला परेपछि राजमार्गमा ठूलै तनाव उत्पन्न भएको थिाये । सरकारविरुद्ध आफ्नो आन्दोलन जारी राखेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ ।

मोरङका दुवै ठाउँमा विप्लव समूहले नै बम राखेको हुन सक्ने प्रहरीको आशंका छ । डीएसपी श्रेष्ठले बम राखेर सर्वसाधारणलाई आतंकित पार्नेको खोजी भइरहेको बताउनु भयो ।

विप्लवको बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेको छैन । शैक्षिक संस्थाहरु पनि ठप्प रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३