प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १८:५५


धरान, १२ जेठ । सुनसरीको धरानमा रहेको जिवन विकास बैकका कर्मचारीलाई गोली हानेर ४ लाख नगद लुटिएको छ ।
रातो मोटरसाईकलमा आएका अज्ञात समुहले बैकको लागि संकलन गरेको ४ लाख रुपैया लुटेर भागेको प्रहरीले जनाएको छ ।
बैकका कर्मचारी ३५ बर्षिय शम्भुप्रसाद गच्छदारलाई गोली हानेर पैसा लुटेको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले बताउनुभयो ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उहाँको उपचार भइरहेको छ । गच्छदारको बायाँ कम्मरको माथिल्लो भाग र कुइनामा दुई वटा गोली लागेको प्रतिष्ठान प्रहरी पोष्ठले जनाएको छ ।
गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ । घटना पछी धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । धरान प्रदेश गर्ने चारैतिरको नाकामा प्रहरीले चेकपोइन्ट थापेको छ ।