प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १८:५१


विराटनगर, १२ जेठ । चालु आर्थिक बर्षको १० महिना (बैशाख) सम्मको अवधिमा विराटनगर स्थित रानी भन्सार कार्यालयले हाइस्पीड डिजेलको आयतबाट सबैभन्दा बढी भन्सार महसुल असुली गरेको छ ।
यस अवधिमा उक्त कार्यालयले हाईस्पीड डिजेलको आयतबाट रु २३ करोड २५ लाख महसुल असुली गरेको सो कार्यालयले जनाएको छ । चालु आबको १० महिनाको अवधिमा उक्ता नाका भएर रु एक अर्ब ३२ करोड ४० लाख मूल्य बराबरको १९ हजार केएल हाइस्पीड डिजेल आयत भएको थियो ।
हाइस्पीड डिजेल पछि उक्त भन्सार कार्यालयले एम एस विलेटको आयतबाट रु १८ करोड चार लाख भन्सार महसुल असुली गरेको छ । सोही अबधिमा उक्त नाकाबाट ९८ करोड १९ लाख मूल्यको एक करोड ८३ लाख ६९ हजार किलोग्राम एम एस विलेट आयत भएको थियो ।
त्यसपछि तेस्रो नं मा पेट्रोलको आयतबाट रु १५ करोड ७१ लाख भन्सार महसुल असुली भएको छ । सोही अवधिमा उक्त नाकाबाट ३८ करोड चार लाख मूल्यको पाँच हजार ८६८ केएल पेट्रोल आयत भएको छ ।
त्यसैगरी पोलीथिन दानाबाट ११ करोड आठ लाख, रक्सीको कच्चा पदार्थबाट नौ करोड ६३ लाख, स्टील वायर रड इन क्वायलबाट रु आड करोड तीन लाख, सी आर सीट बाट सात करोड ७५ लाख सूर्यमुखीको कच्चा तेलबाट सात करोड २३ लाख रुपैयाँ भन्सा महसुली असुली भएको छ ।