Breaking News

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा ६३ करोड ८७ लाख असुली

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १८:४९

विराटनगर, १२ जेठ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक बर्षको बैशाख सम्ममा लक्ष्य भन्दा ६३ करोड ८७ लाख बढी राजस्व असुली गरेको छ । कार्यालयले गरेको उक्त असुली लक्ष्यको तुलनामा १२.८३ प्रतिशतले बढी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख दिलीपकुमार गौतमले बताउनु भयो । सो अवधिमा उक्त कार्यालयले चार अर्ब ९७ करोड ५७ लाख असुली गर्ने लक्ष्य रहेकोमा रु पाँच अर्ब ६१ करोड ४४ लाख असुली गरेको हो ।

सो अबधिमा उक्त कार्यालयले आयकर तर्फ रु एक अर्ब ५५ करोड पाँच लाख, ब्याजकर तर्फ रु छ करोड ३० लाख, मूल्य अभिबृद्धि कर तर्फ रु एक अर्ब दुई करोड ८३ लाख र अन्तः शुल्क तर्फ रु दुई अर्ब ८५ करोड ५६ लाख असुली गरेको कार्यालयले जनाएको छ ।

आयकर र मूल्य अभिबृद्धिकरमा लक्ष्यको तुलनामा कम असुली भएपनि ब्याज कर र अन्तः शुल्क तर्फ लक्ष्य भन्दा बढी असुली भएकाले चालु आबको सो अबधिमा लक्ष्य भन्दा बढी राजस्व असुली भएको हो । जसमा आयकर तर्फ एक अर्ब ६१ करो १३ लाख लक्ष्य भएपनि सो भन्दा कम रु एक अर्ब ५५ करोड पाँच लाख मात्र राजस्व असुली भएको थियो ।

मूल्य अभिबृद्धिकर तर्फ रु एक अर्ब १८ करोड आठ लाख लक्ष्य भएपनि रु एक अर्ब दुई करोड ८३ लाख मात्र असुली भएको थियो । तर ब्याजकर तर्फको लक्ष्य रु पाँच करोड ७७ लाख रहेकोमा असुली रु छ करोड ३० लखा तथा अन्तःशुल्क तर्फ लक्ष्य रु दुई अर्ब १२ करोड ५७ लाख लक्ष्य रहेपनि रु दुई अर्ब ८५ करोड ५६ लाख असुली भएको छ ।

गत आर्थिक बर्ष ०७४/०७५ को बैशाख महिना सम्ममा भने उक्त कार्यालयले लक्ष्य भन्दा रु ३९ करोड ३० लाख कम राजस्व असुली गरेको थियो । गत आबमा सो कार्यालयको लक्ष्य रु चार अर्ब २१ करोड रहेकोमा रु तीन अर्ब ८१ करोड राजस्व असुली गरेको थियो ।

चालु आर्थिक बर्षमा बजार अनुगमनको कार्य प्रभावकारी रुपमा सञ्चालन गरिएकाले पनि राजस्व असुली लक्ष्य भन्दा बढी भएको हो । बैशाख सम्ममा उक्त कार्यालयले ३४३ करदाताको अनुगमन गरी रु सात लाख १७ हजार जरिवाना समेत गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख गौतमले बताउनुभयो ।

केही करदाताहरुको भने अहिले पनि छानवीन भईरहेको बताईएको छ ।
त्यस बाहेक चालु आबमा अन्तः शुल्ककको मात्रा अत्यधिक बृद्धि भएको छ । नेपाल लिकर्सको उत्पादनमा नै बृद्धि भएकाले त्यसको अन्तःशुल्कको मात्रा पनि बृद्धि भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३