Breaking News

पथरीशनिश्चरेको चौथो नगरसभा सम्पन्न

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १८:४७

पथरीशनिश्चरे, १२ जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । हिउँदे अधिवेशनका रुपमा हुन वाँकी रहेको नगरसभाले ५ वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न सभाले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सहितका विषय समीक्षा गर्दै अनुमोदन गरेको उहाँले बताउनु भयो ।

०७५ साउन ४ देखि ०७६ जेठ ९ सम्म कार्यपालिकाका २२ वटा बैठक बसेको र त्यसबाट भएका निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । न्यायिक समिति र अनुगमन् समितिको प्रगति समीक्षा गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले न्यायिक समिति र अनुगमन् समितिको अवस्था बारे उल्लेख गराउनु भयो । सभाले सभासदहरुले उठाएका प्रश्न तथा जिज्ञासाको नगर प्रमुख राईले जवाफ दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३