प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १८:४५


विराटनगर, १२ जेठ । ‘को बन्छ करोडपती’ मा पहिलो करोडपती बन्ने विराटनगरका राजिव जैनलाई सम्मान गरिएको छ ।
पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट(पुसम) क्याम्पस विराटनगरले आज एक कार्यक्रमको आयोजना गरि जैनलाई सम्मानित गरेको हो ।
क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्याम्पस प्रमुख डा.उत्तम रेग्मी, सहायक क्याम्पस प्रमुख सोनीला शाक्य,.क्याम्सका मुख्य अधिकृत गोपालप्रसाद गेलाल र प्राध्यापक दिनेश सुवेदीले सम्मान पत्र र दोसल्ला ओढाएर जैनलाई सम्मान गर्नु भएको थियो ।
सम्बन्धित शीर्षकहरु