Breaking News

नाला निर्माणमा कमसल सामानको प्रयोग भएपछि भत्काइयो

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार १८:४२

विराटनगर, ११ जेठ । विराटनगरमा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरेर बनाइएको नाला सरोकारवालाहरुले भत्काउन लगाएका छन ।

विराटनगर ११ महेन्द्रचोक पछाडि निर्माणाधीन नालामा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरिनुका साथै प्लास्टरकालागि प्रयोग गरिने बालुवा जोडाइमा प्रयोग गरिएको फेला परेपछि सरोकारवालाले निर्माणकै क्रममा रहेको नाला भत्काउन लगाएका हुन । स्थानीयवासीले जानकारी दिएपछि निर्माणस्थलमा पुग्नु भएका विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले निर्माणाधीन नाला भत्काउन लगाउनुभएको छ ।

सो क्रममा जोडाइ हुंदै गरेको २५ मिटर नाला भत्काइएको छ । वडाध्यक्ष न्यौपानेले ४ तगारीमा एक तगारी सिमेन्ट हाल्नुपर्नेमा निर्माणस्थलमा खटिएका मजदुरहरुले ८ तगारीमा १ तगारी मात्र सिमेन्ट हालेको कारण जोडाइ हुंदै गरेको नाला भत्काउन लगाएको जानकारी दिनुभयो ।

मापदण्ड विपरीत निर्माण कार्य भएको बिषयमा महानगरका जिम्मेबार प्रतिनिधिलाई जानकारी गराइएको उहांले बताउनुभयो । वडाध्यक्षसहित स्थानीय समेतको अनुगमन टोली निर्माणस्थलमा पुगेपछि पेटी कन्ट्रयाक्टरका ठेकेदार त्यहांबाट भागेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३