Breaking News

नोवेल मिस नेवाःको फाइनलका लागि १६ युवती छनौट

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार १७:४०

विराटनगर, ११ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

विराटनगरसहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका युवतीहरू छनौट भएका छन् । .नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए । यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ ।
साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिकी विजेता सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उनीहरूले नेवारी संस्कृति, महिलाको अवस्थालगायतका विभिन्न विषयमा प्रश्न राखेका थिए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए ।

फाइनलमा प्रवेश गरेका युवतीहरूलाई यही बिहीबारदेखि विराटनगरमा बन्द प्रशिक्षणमा राखिनेछ । विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । “प्रतियोगितामा युवतीहरूको सहभागिताले हामी निकै उत्साहित भएका छौं, “ उनले भने, “प्रतियोगितामा जितेर मात्रै होइन युवतीहरूले केही न केही सिकेर पनि जानेछन् ।” प्रतियोगितामा युवतीहरूको सहभागिताले आफू उत्साहित भएको उनले बताए ।

विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।

यही जेठ अन्तिम साता विराटनगरस्थित वीरेन्द्र सहभागृहमा भव्य समारोहका बीच प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३