प्रकाशित : ७ जेष्ठ २०७६, मंगलवार १८:४७

विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबाटे गाउँमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल र संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्री आफै घटनास्थलतर्फ लाग्नु भएको छ । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिंदै रिजाल र खत्री आफै घटनास्थलतर्फ लाग्नु भएको हो । डीआईजी रिजाल र एसएसपी खत्री नेत्रृत्वको टोली अहिले बीच बाटैमा छ ।

टोलीले घटनास्थलमा पुगेर सबै वास्तविकता बुझ्ने र घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताइएको छ । प्रदेश १ प्रहरीका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर, क्षेत्रीय अनुसन्धान समूह (रिट) र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) बाट विशेष टोली परिचालित छ । जिल्ला प्रहरी कार्यालय पाँचथर र अन्य प्रहरी युनिटबाट भने प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

‘रातको समयमा यति ठूलो नरसंहार भएको पाइयो,’ न्यौपानेले भन्नु भयो, ‘घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउँदै दोषी पक्राउ गर्न प्रहरीको अलग–अलग टोली परिचालन गरेर सबै कोणबाट अनुसन्धान थालिएको छ ।’ उहाँका अनुसार प्रहरीको तालिम प्राप्त कुकुर समेत लिएर प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

न्यौपानेले प्रहरी घटनाको अनुसन्धानमा जुटिसकेका कारण चाँडै वास्तविकता पत्ता लाग्ने र दोषी उम्कन नपाउने दाबी गर्नु भयो । उहाँका अनुसार घटनास्थल पाँचथर सदरमुकाम फिदिमबाट लगभग ६० किलोमिटर टाढा छ ।

त्यस्तै स्थानीय प्रहरी चौकीबाट घटना भएको ठाउँ लगभग ६ किलोमिटरको दूरीमा छ । ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्माको घरमा भएको घटनामा ९ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३