प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार १७:३९

विराटनगर, ६ जेठ । विराटनगरमा राजनितिक संग्रहालय स्थापनाकानिम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले सरोकारवालासंग सुझाव संकलन गरेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश एकद्वारा गठित कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग सो बिषयमा छलफल गरेको छ ।

कार्यदलले विक्रम सम्बत २००३ सालमा विराटनगरबाट शुरु भएको मजदुर आन्दोलन र २००७ सालमा भएको राणा शासन बिरोधी शसस्त्र आन्दोलनका साक्षीहरुसंग सो बिषयमा सुझाव संकलन गरेको छ ।

छलफलमा स्वतन्त्रता सेनानी तोरेन्द्रमान सिंह प्रधान,राधाप्रसाद घिमिरे,विश्वराज पाण्डे,विमला पाण्डे,नारायणप्रसाद श्रेष्ठ,श्यामबहादुर लिम्बु र दीपक लोहनी सहभागि हुनुभयो । कार्यक्रममा बोल्नुहुंदै कार्यदल संयोजक ओमनाथ कोइरालाले आन्दोलनमा योगदान दिएका र सो समयका साक्षीहरुसंग तत्कालिन अवस्थाका बिषयमा जानकारी लिन छलफल र सुझाव संकलन कार्यक्रम गरिएको बताउनुुभयो ।

संकलित सुझाव र सहभागि ब्यक्तित्वले चित्रण गरेको सो समयको अवस्था लिपीबबद्ध गर्नुका साथै भिडियो रेकर्ड गराएर दस्तावेजकारुपमा राखिने कार्यदलका सदस्य मोहन भण्डारीले जानकारी दिनुभयो ।

विराटनगरमा राजनितिक संग्रहालय स्थापना गर्ने उद्धेश्यले अध्ययनगर्न, गएको चैत्र १८ गते सामाजिक विकास मन्त्रालयको निर्णय अनुसार १५ सदस्यि कार्यदल गठन गरिएको थियो । कार्यदलले विराटनगरको रानीमा रहेको आन्दोलनको उद्गमस्थल, ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष निकालेको कार्यदल सदस्य एवम पत्रकार यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३